नेता-कार्यकर्ताबीचकाे सहमतीपछि खुल्यो राप्रपा गण्डकी कार्यालयको ताला

पाेखरा | पुस ६, २०७९

नेता-कार्यकर्ताबीचकाे सहमतीपछि खुल्यो राप्रपा गण्डकी कार्यालयको ताला

पाेखरा:   राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीमा १० दिनदेखि लागेको ताला खुलेको छ । राप्रपा कास्की र गण्डकी प्रदेश समितिको संयुक्त प्रयासमा ताला खुलाइएको हो ।

 

जिल्ला र प्रदेश कार्यालय एउटै भवनमा भएकाले तालाबन्दीले जिल्ला कार्यालयसमेत प्रभावित भएको थियो । राप्रपाले गण्डकी प्रदेश सभामा पाएको २ जना समानुपातिक सांसद कास्की भन्दा बाहिरी जिल्लाबाट छनौट गरिएको भन्दै विवाद चर्किएको थियो । विवादका कारण कास्कीका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका थिए ।

 

राप्रपाले गण्डकीमा ५९ हजार ४८३ मत पाएका थिए । प्रत्यक्षमा एउटा क्षेत्र पनि नजितेको राप्रपाले समानुपातिकमा पाएको उक्त मतबाट २ जना सांसद पाएको थियो । गण्डकी प्रदेश सभामा राप्रपाले समानुपातिकबाट प्रदेश अध्यक्ष पञ्चराम गुरुङ र केन्द्रिय सदस्य बिन्दु पहाडी छनौट भएका थिए । समानुपातिक सांसद छनौटमा असन्तुष्ट बनेर तालाबन्दी गरेका कार्यकर्तालाई जिल्ला अध्यक्ष नारायण गुरुङले संझाएका थिए ।

 

राप्रपा गण्डकीका अध्यक्ष गुरुङ र जिल्ला अध्यक्ष नारायण गुरुङले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेपछि ताला खुलेको हो ।

 

पार्टीभित्र देखिएका समस्या छलफलबाट समाधान निकाल्ने, आगामी दिनमा त्रुटी सच्याउने र पार्टी कार्यालयलाई चुस्त राख्ने सहमति भएपछि कार्यालय खुलेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए । ‘लामो समय पार्टी कार्यालय बन्द रहँदा समस्या झनै बढ्छ,’ गिरीले भने, ‘नेता– कार्यकर्ताबीच सहमति भएपछि बुधबारदेखि पार्टी कार्यालय खोलेर सुचारु गरिएको छ ।’


समानुपातिक सांसद छनौटमा असन्तुष्ट बनेर तालाबन्दी गरेका कार्यकर्तासंग जिल्ला अध्यक्ष नारायण गुरुङ, भातृ सङगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन गण्डकीका अध्यक्ष सचिन जंग थापा, युवा संगठन कास्कीका अध्यक्ष निरज शर्मा लगाएतको टोलिले छलफल गरेरपछि सहमति जुटेको थियो ।

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्